काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न दशरथ रंगशालामा जाने भएका छन्।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।
बुधबार साँझ ६ः३० बजे देखि फाइनल खेल सुरु हुने छ ।