काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले साफ वुमन्स च्याम्पियनसिप फाइनलको लाइभ स्क्रिनिङ गर्ने भएको छ ।
टुँडिखेल, चावहिल फुटबल ग्राउण्ड र सानो गौचरनमा खेलको लाइभ स्क्रिनिङ गर्ने महानगरले जनाएको छ ।
साफ वुमन्स च्याम्पियनसिप २०२४ को फाइनल खेलमा आज नेपालले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ । खेल साझ ६ः३० बजे देखि सुरु हुने छ ।