काठमाडौँ । नेकपा (एमाले) कोशी प्रदेशका सांसद लिलाबल्लभ अधिकारी पक्राउ परेका छन्। मानव तस्करी प्रकरणमा जोडिएका अधिकारीलाई पक्राउ गरी काठमाडौं ल्याइँदै छ।
अधिकारीमाथि पदको दुरूपयोग गर्दै गैरकानुनी तरिकाले केहि ब्यक्तिलाई जापान पुर्याउन खोजेको आरोप छ। संघीय र प्रदेश सरकारको अनुमतिबेगरै उनी कात्तिक १३ गते जापान उडेका थिए । टोकियो विमानस्थलमा उनलाई ४८ घण्टा राखेर फिर्ता गरेको थियो ।
यस्तै उनी नेपाल फर्किनासाथ मन्त्रीबाट राजीनामा दिएका थिए । अधिकारीलाई एमाले कोशी प्रदेशले साधारण सदस्यसमेत नरहने गरी गरेको कारबाहीलाई शनिबारको सचिवालय बैठकले अनुमोदन गरेको थियो। मन्त्री अधिकारी मोरङको क्षेत्र नम्बर (२)बाट निर्वाचित सांसद हुन ।