काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डीपी अर्यालले रवि लामिछाने ज्युँदो छँदासम्म पार्टी सभापति हुने बताएका छन । पोखरामा भएको प्रदर्शनलाई सम्बोधन गर्दै अर्यालले यस्तो बताएका हुन ।
आज पोखरामा जारी प्रदर्शनमा बोल्दै अर्यालले भने, ‘म यही मञ्चबाट के भन्न चाहन्छु भने, राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति रवि लामिछाने ज्युँदो रहँदासम्म रवि लामिछाने नै हो ।’
उनले रवि जेलमा पुगे पनि रास्वपाको नेतृत्व गर्ने बताएका छन ।