काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो अधिकार दाबी गर्दै आमीर अख्तरले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीश हरि फुयालको इजलासले उक्त मुद्दामा विपक्षी नेपाल क्रिकेट संघ (क्यान) सँग लिखित जवाफ माग गरेको छ ।
अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरे पछि क्यानलाई एनपीएल आयोजना गर्न बाटो खुलेको छ । जोरा स्पोर्टस म्यानेजमेन्टका तर्फबाट अख्तरले रिट दायर गरेका थिए ।