बारा । बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विज्ञप्ति जारी गरी सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह उपर भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको जानकारी दिएको छ । उनलाई अख्तियारको टोलिले ७८ हजार घुस रकम सहित पक्राउ गरेको थियो ।
आयोगका अनुसार साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो ७८ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन माग दाबी लिई शुक्रबार विशेष अदालतमा आरोप-पत्र दायर गरिएको छ ।