काठमाडौँ । पहिलो पटक विश्वकपमा छनोट नेपाली यु-१९ महिला टोलीलाई नेपाल प्रिमियर लिग (एनपीएल)का ८ वटै फ्रेन्चाइजले संयुक्त रूपमा पुरस्कार दिने भएका छन ।
ऐतिहासिक उपलब्धीको सम्मान स्वरूप एनपीएलका सबै ८ वटै फ्रेन्चाइज टोलीहरूले संयुक्त रूपमा १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन ।
बुधबार सम्पन्न अन्तिम छनोट खेलमा नेपालले युएईलाई पराजित गर्दै आगामी वर्ष जनवरीमा हुने आइसिसी यु-१९ महिला टी-२० विश्वकपमा स्थान बनाएको छ ।