काठमाडौँ । काठमाडौँ महानगरले गौशालामा अतिक्रमित संरचनामा डोजर चलाएको छ ।
चक्रपथ सडक सीमाभित्र बनाइएको संरचनाहरूमा महानगरले डोजर चलाएको हो ।
महानगरका नगर प्रहरीले अतिक्रमित गरी बनाइएका घर टहरामा पसल, टिकट काउण्टर चलाउँदै आएको घरहरु भत्काएको छ ।
अतिक्रमण गरी बनाइएका घर, टहरा भत्काउन जेठ ६ गते सूचना जारी गरे पनि खाली नगरेपछि महानगरले डोजर चलाएको छ।