काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधनप्रति शोक व्यक्त गर्दै नेपाली कांग्रेसले दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने भएको छ।
आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले मंसिर ३ र ४ गते पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो । बैठकले भोलि केन्द्रीय कार्यालय बन्द गर्ने समेत निर्णय गरको हो ।