काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा आज भएको खेलमा ७ विकेटले विजयी भए सङ्गै जनकपुर बोल्ट्सले तेस्रो जित हात पारेको छ ।
टस जितेर जनकपुरले फिल्डिङ रोजेपछि पोखरा एभेन्जर्सले ब्याटिङ गरेको थियो। पहिला ब्याटिङ गरेको एभेन्जर्सले ७ विकेट गुमाएर जम्मा १३८ रन बनाएका थियो।


एभेन्जर्सले दिएको १३९ रनको लक्ष्य जनकपुरले तीन विकेटको क्षतिमा पुरा गरेको हो ।

