काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सले काठमान्डु गुर्खाजलाई ७३ रनले हराएको छ ।
आजको खेलमा स्पिनर नरेन साउदले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिएका थिए ।


सुदूरपश्चिम रोएल्सले एनपीएलमा लगातार दोस्रो जित हात पारेको हो । सुदूरले यसअछि पहिलो खेलमा विराटनगर किंग्सलाई पराजित गरेको थियो । काठमान्डुको तेस्रो खेलमा यो दोस्रो हार हो ।

