काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । चितवन राइनोजलाई ६ विकेटले हराउँदै कर्णाली विजयी भएको हो ।
यो सङ्गै जारी प्रतियोगितामा कर्णाली याक्स ले पहिलो जित दर्ता गरेको हो ।


त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले फिल्डिङ गरेको कर्णालीले कसिलो बलिङ गर्दा चितवनले १३१ रनको लक्ष्य दिएको थियो । कर्णालीले १३१ रनको लक्ष्य १९.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।

