काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे को ब्राण्ड एम्बेसेडरमा नेपाली क्रिकेटर आसिफ शेख नियुक्त भएका छन । एक कार्यक्रम माझ शेखलाई ब्राण्ड एम्बेसेडरमा आइएमई पेले घोषणा गरेको छ।
नेपालको राष्ट्रिय क्रिकेट टिममा दायाँ हाते विकेटकिपर, ब्याट्सम्यानको रूपमा खेल्दै आएका शेखले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय क्रिकेट खेलहरूमा कम उमेरमै कैयौँ कीर्तिमान प्राप्त गरिसकेका छन ।



