काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौँ गुर्खाजले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रन बनायो ।
पोखराले दिएको १३९ रनको लक्ष्य काठमाडौँले १४ ओभरमै पूरा गर्यो।



