काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको अन्तिम खेल आज हुदै छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा अन्तिम लिग खेल सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स बीच हुने छ ।
खेल बिहान ९ बजे सुरु हुनेछ । आजको खेलले प्लेअफमा पुग्ने चौथो टोलीको टुंगो लाग्नेछ । जनकपुर बोल्ट्स, चितवन राइनोज र सुदूरपश्चिम रोयल्स प्रतियोगिताको प्लेअफ चरणमा पुगिसकेका छन ।



