काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलको टिकट केही घन्टामै सोल्ड आउट भएको छ।
बिहीबार साझ अनलाईन टिकट खल्तीमा खुलेकोमा केही घन्टामै सोल्ड आउट भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।


शनिबार हुने जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स बिचको फाइनल खेलका लागि साधारणतर्फ ५ सय र भिआइपी तर्फ एक हजार रुपैयाँ तोकिएको थियो।

