काठमाडौं । टियु क्रिकेट मैदानमा अहिले नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल जारी छ । फाइनलमा खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भइरहेको छ ।
उक्त खेल हेर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, गृहमन्त्री रमेश लेखक सहितका नेताहरू टियु क्रिकेट मैदानमा पुगेका छन ।



