काठमाडौं । नेपाल प्रिमियर लिग ( एनपीएल) मा उत्कृष्ट प्रदर्शन गरेका युवा आइकोनिक खेलाडी विपिनप्रसाद शर्मालाई नायिका स्वस्तिमा खड्काले आइफोन उपहार दिएकी छन् । विपिनले एनपीएलमा कर्णाली याक्सबाट खेलेका थिए ।
स्वस्तिमाले उपहारसँगै एउटा नोट पनि लेखेकी थिइन् “प्यारो विपिन भाइ, एनपीएलमा पाएको सफलताका लागि धेरैधेरै बधाई, यो फोन तिम्रो मेहेनत र प्रदर्शनका लागि एउटा प्रशंसाको चिनोको रूपमा रहेको छ ।” उनले लेखेकि थिइन ।



