काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ ।
उपचारको क्रममा उनको थापाथलीस्थित नर्भीक अस्पतालमा मृत्यु भएको हो । हृदयघातका कारण शुक्रबार राति उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।


उनी करिब ६ वर्ष सर्वोच्च अदालतको न्यायाधीश थिए ।

