काठमाडौँ । आइसिसी यू-१९ महिला टी-२० विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले टोलीको बिदाइ गरेको हो ।
बिदाई गर्ने क्रममा बोल्दै क्यानका सचिव पारस खड्काले कुनै पनि दबाब नलिईकन खेल्न आग्रह गरेका हुन ।


यू-१९ महिला टिम विश्वकप खेल्न शनिबार मलेसिया प्रस्थान गर्ने छ ।

