काठमाडौँ । भक्तपुरमा १७ हजार ६ सय ९१ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख शान्तिराम खतिवडाका अनुसार भक्तपुरमा १० देखि १४ वर्ष उमेर समूहका किशोरीका पहिचान गरी एचपिभी खोप लगाइने छ ।


सरकारले माघ २२ देखि आगामी फागुन ६ गतेसम्म देशभर खोप अभियान सुरु गर्न लागेको छ ।

