काठमाडौं । आइसिसी महिला यु–१९ विश्वकप प्रतियोगिताबाट नेपाल बाहिरिएको छ ।
आज भएको समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियासँग पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।


आफ्नो अन्तिम खेलमा जितका लागि १ सय ४० रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै ५६ रन मात्रै बनाउन सक्यो । नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको हो।
यस हारसँगै नेपाल सुपर सिक्समा पुग्न असफल भएको छ । नेपालले यस अघि बांङ्लादेश र स्कटल्याण्डसँग पराजित भएको थियो ।

