२०८३ जेष्ठ १ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode
 BREAKING
भेनेजुएलामा राष्ट्रपतिको जिम्मेवारीबारे सर्वोच्च अदालतको आदेश | एप्पलको ‘फोन पकेट’ ३२ हजार रुपैयाँमा बजारमा | ओलीको पुच्छर बन्यो कांग्रेस : पुनः संसद पुनःस्थापनामा एमालेको लाइनमा | मधेस प्रदेशका मुख्यमन्त्री सोनलले दिए पदबाट राजीनामा | तीन दिनका लागि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक | काठमाडौंसहित देशभर वर्षा, कम्तिमा २० गतेसम्म निरन्तर पानी | देउवाले भने, `राजनीतिक निकास यही संबिधानवाट खोज्न सकिन्छ´ | सिंहदरवार जलाउँदा पनि किन रमिते बन्यो सेना ? | भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन–जी पुस्ताको माइतीघरमा प्रदर्शन | प्रधानमन्त्री पुगे चिनियाँ धान खेतमा (फोटो फिचर) |

काठमाडौं, ६ चैत । सुदूरपश्चिम प्रदेशले दोस्रो जीत हासिल गरेको छ ।

जारी प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा सुपले दोस्रो जित हासिल गरेको हो ।

एक्ट्राटेक ओभलमा बुधबार भएको खेलमा सुदुरपश्चिमले लुम्बिनी प्रदशेविरुद्ध ५ विकेटको जित निकाल्दै दोस्रो जीत हासिल गरेको हो । जितसँगै सुदूरपश्चिमले ६ खेलमा ४ अंक जोडेको छ भने पराजित लुम्बिनीको समान खेलबाट ८ अंक हासिल गरेको छ ।

लुम्बिनीले प्रस्तुत गरेको ११७ रनको लक्ष्य सुदूरपश्चिमले ३१.१ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेको थियो ।  सुदूरपश्चिमका लागि किरण ठगुन्नाले अविजित ४३, कप्तान नारायण जोशीले अविजित २५, प्रकाश पाण्डेले २२ र खडक बोहराले ११ रन बनाउन सफल भए भने छैटौं विकेटका लागि किरण र नारायणले अविजित ५६ रनको साझेदारी गरेका थिए ।

लुम्बिनीका लागि रमेश कुर्मीले दुई तथा निर्मल गुरुङ, अजय चौहान र विप्रसन केसीले समान एक विकेट लिए ।  त्यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले ४४.१ ओभरमा सबै विकेट गुमाउँदै ११६ रनको योगफल तयार पार्न सफल भए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।