२०८३ बैशाख २० | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode
 BREAKING
भेनेजुएलामा राष्ट्रपतिको जिम्मेवारीबारे सर्वोच्च अदालतको आदेश | एप्पलको ‘फोन पकेट’ ३२ हजार रुपैयाँमा बजारमा | ओलीको पुच्छर बन्यो कांग्रेस : पुनः संसद पुनःस्थापनामा एमालेको लाइनमा | मधेस प्रदेशका मुख्यमन्त्री सोनलले दिए पदबाट राजीनामा | तीन दिनका लागि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक | काठमाडौंसहित देशभर वर्षा, कम्तिमा २० गतेसम्म निरन्तर पानी | देउवाले भने, `राजनीतिक निकास यही संबिधानवाट खोज्न सकिन्छ´ | सिंहदरवार जलाउँदा पनि किन रमिते बन्यो सेना ? | भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन–जी पुस्ताको माइतीघरमा प्रदर्शन | प्रधानमन्त्री पुगे चिनियाँ धान खेतमा (फोटो फिचर) |

काठमाडौँ । आइसीसी महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तानका खेलहरू अब भारतको सट्टा श्रीलंकामा खेलिने भएका छन् ।

आगामी सेप्टेम्बर ३० देखि नोभेम्बर २ सम्म भारतमा हुने महिला क्रिकेट विश्वकपमा पाकिस्तान भारत आउन अस्वीकार गरेपछि यस अघि सम्पन्न पुरुष च्याम्पियन्स ट्रफीको मोडलमा प्रतियोगिता हुने भएको हो । आइसीसीले पाकिस्तानका खेलहरु श्रीलंकामा हुने र अन्य खेलहरु भारतमा हुने जानकारी दिएको छ ।

भारतमा यी खेलहरू बेंगलुरु, गुवाहाटी, इन्दौर र विशाखापट्टनमस्थित क्रिकेट मैदानमा आयोजना हुनेछन् भने श्रीलंकामा यी खेलहरू कोलम्बोमा आयोजना हुनेछन् ।

पाकिस्तानको श्रीलंकामा सात समूह खेलहरू हुनेछन्। यसमा भारत र इङ्गल्याण्ड विरुद्धका खेलहरू समावेश छन् ।

पाकिस्तान सेमिफाइनल र फाइनलमा पुगेमा भने ति खेलहरु श्रीलंकामा  हुनेछन अन्यथा भारतमा हुने आइसीसीले जनाएको छ ।

यस पटक महिला एकदिवसीय क्रिकेट विश्वकपमा आयोजक भारतसहित ८ देश सहभागी हुदैछन् । जसमा भारत, अस्ट्रेलिया, बंगलादेश, इङल्याण्ड, न्यूजील्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका र श्रीलंका रहेका छन् ।

विश्वकपको उद्घाटन खेल सेप्टेम्बर ३० मा हुने छ भने फाइनल खेल नोभेम्बर २ मा हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।