२०८३ बैशाख ३० | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode
 BREAKING
भेनेजुएलामा राष्ट्रपतिको जिम्मेवारीबारे सर्वोच्च अदालतको आदेश | एप्पलको ‘फोन पकेट’ ३२ हजार रुपैयाँमा बजारमा | ओलीको पुच्छर बन्यो कांग्रेस : पुनः संसद पुनःस्थापनामा एमालेको लाइनमा | मधेस प्रदेशका मुख्यमन्त्री सोनलले दिए पदबाट राजीनामा | तीन दिनका लागि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक | काठमाडौंसहित देशभर वर्षा, कम्तिमा २० गतेसम्म निरन्तर पानी | देउवाले भने, `राजनीतिक निकास यही संबिधानवाट खोज्न सकिन्छ´ | सिंहदरवार जलाउँदा पनि किन रमिते बन्यो सेना ? | भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन–जी पुस्ताको माइतीघरमा प्रदर्शन | प्रधानमन्त्री पुगे चिनियाँ धान खेतमा (फोटो फिचर) |

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरुको बैठक बोलाएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा १२ बजे बस्ने गरि विपक्षी दलहरुको बैठक बोलाएका हुन् ।

भिजिट भिसा प्रकरणमा विपक्षीहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै जेठ १३ गतेदेखि संसद अवरोध गरिरहेका छन् । विपक्षीहरुले जेठ १५ गते बजेट प्रस्तुत गर्न दिएपनि त्यसपछि जेठ २० गते देखि बोलाइएका बैठक अवरोध गर्दै आएका छन् ।

पछिल्लो समय प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले गृहमन्त्री लेखकको राजीनामाको अडान छोडेर भिजिट भिसा प्रकरणको छानबिन समिति गठन गर्न जोड दिएको छ । छानबिन समिति बनाईने प्रतिबद्धतामात्रै आएपनि सदनको अवरोध खुलाउन माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी तयार रहेको बुझिएको छ । तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने गृहमन्त्री लेखकको राजीनामा र भिजिट भिसा प्रकरणमा छानबिन दुवै मागमा अडिक रहेको छ ।

प्रचण्डले आजको बैठकमा सत्तारुढ दल नेपाली कांग्रेससँग भएको छलफलको ब्रिफिङ गर्ने र सोहि अनुसार विपक्षी दलहरुको धारणा बनाउने बुझिएको छ । प्रचण्डले शुक्रबार र शनिबार कांग्रेस नेताहरुसँग छलफल गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।