२०८३ बैशाख ३० | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode
 BREAKING
भेनेजुएलामा राष्ट्रपतिको जिम्मेवारीबारे सर्वोच्च अदालतको आदेश | एप्पलको ‘फोन पकेट’ ३२ हजार रुपैयाँमा बजारमा | ओलीको पुच्छर बन्यो कांग्रेस : पुनः संसद पुनःस्थापनामा एमालेको लाइनमा | मधेस प्रदेशका मुख्यमन्त्री सोनलले दिए पदबाट राजीनामा | तीन दिनका लागि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक | काठमाडौंसहित देशभर वर्षा, कम्तिमा २० गतेसम्म निरन्तर पानी | देउवाले भने, `राजनीतिक निकास यही संबिधानवाट खोज्न सकिन्छ´ | सिंहदरवार जलाउँदा पनि किन रमिते बन्यो सेना ? | भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन–जी पुस्ताको माइतीघरमा प्रदर्शन | प्रधानमन्त्री पुगे चिनियाँ धान खेतमा (फोटो फिचर) |

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संघीय संसद सचिवालयका अनुसार बैठक आज अपरान्ह २ बजेदेखि बस्दैछ । जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणमा विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनको माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन् । पछिल्ला दिनमा सत्ता पक्ष र विपक्षी दलहरुबीच भएका छलफलमा संसद्को अवरोध खुलाउने विषयमा सहमति नजिक पुगेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदको अवरोध खुलाउने विषयमा सहमतिको भाषा टुंगाउने चरणमा रहेको आइतबार प्रतिक्रिया दिएका थिए । प्रचण्डले संसद खोल्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग शनिबार छलफल गरेका थिए । विपक्षी दलहरु गृहमन्त्री लेखकको राजीनामाको अडानबाट पछि हटेको उनीहरुका प्रछिल्ला अभिव्यक्तिहरुले स्पष्ट गरेको छ । अब संसदको अवरोध हटाउने विषयमा ‘सेफ ल्यान्डिङ’ का लागि भाषा मिलाएर सहमति गरिने तयारी गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो अडानमा कायम रहेपनि माओवादी केन्द्र र एकीकृत समाजवादी गृहमन्त्री लेखकको राजीनामाको मागबाट पछि हटिसकेका छन् । उनीहरुले भिजिट भिसा प्रकरणमा छानबिन हुनुपर्ने माग त गरिरहेका छन् तर भिजिट भिसा प्रकरण हाल अख्तियारले छानबिन गरिरहेकोले अर्को समिति वा आयोग बनाउन नहुने सत्ता पक्षको अडानमा उनीहरु लगभग सहमत भएको बुझिएको छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादी पछि हटेपछि रास्वपा पनि आज सहमतिमा आउने सत्ता पक्षको बुझाई छ । आइतबार नै सहमति हुने भनिएको भएपनि रास्वपाले समय मागेपछि आजसम्मको समय दिइएको बुझिएको छ  ।  आज १२ बजे सत्ता पक्ष र विपक्षी दलहरुले छलफल गरेर सहमतिको खाका तयार गर्ने र आज तोकिएको २ बजेदेखि नै संसद सुचारु हुने बताइएको छ ।

विपक्षी दलहरुको मागलाई सम्बोधन गर्न उनीहरुले उठाएको भिजिट भिसा प्रकरणमा २०६४ देखिकै छानबिन गर्न अख्तियारलाई आग्रह गर्ने आशयको बुँदा समेटर सहमति हुन सक्ने सत्ता पक्षका एक सांसदले एभरेष्ट न्यूज एजेन्सीसँग बताए ।

सभामुख देवराज घिमिरेले  समेत आइतबार साँझ बसेको प्रतिनिधि सभाको बैठकमा सत्ता पक्ष र विपक्षी दलहरुबीच सहमति हुने संकेत आफुले पाएको बताउदै सहमतिका लागि समय दिन सोमबार २ बजेसम्मका लागि बैठक स्थगित गरेको बताएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।