काठमाडौं । त्रिभुवन विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एकजना भारतीय महिला पक्राउ परेकी छन् । दुबईबाट बुधबार बिहान काठमाडौं आएकी भारतीय महिला मीना सुर्जित सिंह खेमानी पक्राउ परेकी हुन् ।
एयर अरेवियाको उडान मार्फत शारजाहबाट काठमाडौं आएकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन भन्सार एरियाको टनेल गेटबाट पक्राउ गरिएको हो। प्रहरीका अनुसार प्लाष्टिकले र्याप गरेको ३ वटा डल्लाको सुन जस्तो देखिने अर्धठोस पदार्थ फेला पारी पक्राउ गरेको हो ।


उनको साथबाट प्रहरीले ११ सय ६० ग्राम सुन बरामद गरेको छ । विमानस्थल प्रहरीले आशंका लागेर जाँच गर्दा सुन भेटिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरि रहेको छ ।

