अवैध लागूऔषध सहित तीन जना पक्राउ परेका छन। टिकापुर नगरपालिका-१ गुम्बारोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय मिलिग्राम सहित सोही नगरपालिका-९ खग्रौला बस्ने ४५ वर्षीय अनिल थापा समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
त्यस्तै रौतहटको गौर नगरपालिका-३ विपि चोकबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय १० एम्पुल, डाईजेपाम ४७ एम्पुल र बुप्रेनोर्फिन १ सय १० एम्पुल सहित चन्द्रपुर नगरपालिका-४ बस्ने २७ वर्षीय अजय विकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ना.१ ह ७८९३ नम्बरको ई-रिक्सालाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी चालक अजयलाई पक्राउ गरेको हो ।


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

