२०८३ बैशाख १६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode
 BREAKING
भेनेजुएलामा राष्ट्रपतिको जिम्मेवारीबारे सर्वोच्च अदालतको आदेश | एप्पलको ‘फोन पकेट’ ३२ हजार रुपैयाँमा बजारमा | ओलीको पुच्छर बन्यो कांग्रेस : पुनः संसद पुनःस्थापनामा एमालेको लाइनमा | मधेस प्रदेशका मुख्यमन्त्री सोनलले दिए पदबाट राजीनामा | तीन दिनका लागि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक | काठमाडौंसहित देशभर वर्षा, कम्तिमा २० गतेसम्म निरन्तर पानी | देउवाले भने, `राजनीतिक निकास यही संबिधानवाट खोज्न सकिन्छ´ | सिंहदरवार जलाउँदा पनि किन रमिते बन्यो सेना ? | भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन–जी पुस्ताको माइतीघरमा प्रदर्शन | प्रधानमन्त्री पुगे चिनियाँ धान खेतमा (फोटो फिचर) |

बिशाल बस्नेत

महोत्तरी, ३ असार । गत असार -२२ गते काठमाण्डौको जडिवुटीमा दुर्घटना परेर घाईते भएका महोत्तरीका अरुण थापाको प्रहरीको लापरबाहीको कारण मृत्यु भएको आरोप लागेको छ ।

 

घाईते थापालाई उद्दार गरेर अस्पताल लैजाने क्रममा ट्याक्सीको पछाडी डिकीमा राखेको सिसिटिभी फुटेज बाहिरिए पछि परिवारले मृत्युको कारक लापरबाही भएको निष्कर्ष निकालेका हुन् । तर प्रहरीले भने घाईतेलाई उपचारको लागि भक्तपुर इन्टरनेसनल अस्पताल लगे पछी उपचारको क्रममा चिकित्सकहरुले मृत्यु घोषणा गरेको दावी गरेको छ ।

 

यही विचमा बाहिरिएको सिसिटिभी फुटेज हेर्दा भने प्रहरीले डिकीमा अमानवीय ढंगवाट कोचिएको देखिएको छ । फुटेजमा ईनड्राइभ ट्याक्सीलाई बोलाएर घाईतेलाई पछाडी डिकीमा राखिएको र प्रहरीहरु अगाडी बसेको देखिन्छ । यही विषयलाई लिएर मृतक थापाका परिवारले अमानवीय ढंगवाट प्रहरीले गरेको लापरबाही कै कारण मृत्यु भएको दावी गर्दै मानवअधिकारवादीहरुलाई गुहारेका छन् ।

 

मृतक थापाका भाई अनिल थापाले रहस्यमय ढंगले दाजुको मृत्यु भएको बताउँदै घटनाको विषयमा स्वतन्त्र छानविन समिति गठन गर्न माग गरेका छन् । पिडित परिवारले हिजाे मानव अधिकार आयोगमा उजुरी समेत दिएका छन् । उजुरीमा प्रारम्भिक रुपमा सिसिटिभी फुटेज हेर्दा प्रहरीले अमानवीयता देखाएको कारण मृत्यु भएको बताउँदै नेपालको संविधान तथा मानवअधिकारको गम्भीर उल्लघंन भएको उजुरीमा उल्लेख गरिएको छ । पिडित परिवारले घटनाको सत्यतथ्य छानविन गरि न्याय दिलाउन र उचित क्षतिपुर्तिको व्यवस्थापन गर्न पनि माग गरेका छन् ।

 

घटनाका सम्बन्धमा कतिपय शंकास्पद तथ्यहरु समेत देखिएको बताउँदै मृतकका भाई अनिलले थप सिसिटिभी फुटेज माग्दा अस्पताल र प्रहरीले सार्वजनिक गर्न आनाकानी गरेको गुनासो गरेका छन् । महोत्तरी बर्दिवास-८ निवासी मृतक थापाका श्रीमती र दुई छोरीहरु रहेका छन्  ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।