२०८३ बैशाख २० | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode
 BREAKING
भेनेजुएलामा राष्ट्रपतिको जिम्मेवारीबारे सर्वोच्च अदालतको आदेश | एप्पलको ‘फोन पकेट’ ३२ हजार रुपैयाँमा बजारमा | ओलीको पुच्छर बन्यो कांग्रेस : पुनः संसद पुनःस्थापनामा एमालेको लाइनमा | मधेस प्रदेशका मुख्यमन्त्री सोनलले दिए पदबाट राजीनामा | तीन दिनका लागि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक | काठमाडौंसहित देशभर वर्षा, कम्तिमा २० गतेसम्म निरन्तर पानी | देउवाले भने, `राजनीतिक निकास यही संबिधानवाट खोज्न सकिन्छ´ | सिंहदरवार जलाउँदा पनि किन रमिते बन्यो सेना ? | भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन–जी पुस्ताको माइतीघरमा प्रदर्शन | प्रधानमन्त्री पुगे चिनियाँ धान खेतमा (फोटो फिचर) |

काठमाडौं,  ३ साउन । नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले जारी बैठकमा १० वटा प्रस्ताव राखेका छन् ।

बस्नेतले पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा आउनु नहुने देखि आन्तरिक बसाँइसराइ तिव्र भएका जिल्लाहरुमा सक्रिय सम्पर्क कमिटी गठन गर्ने सम्मका प्रस्ताव राखेका हुन् ।

नेता बस्नेतले आफूले बैठकमा राखेका विषयहरु सामाजिक सञ्जाल मार्फत सार्वजनिक पनि गरेका छन्।

जस अनुसार विद्या भण्डारी सक्रिय राजनीतिमा फर्कनु पर्नेमा इथिकल र प्रक्रियागत गल्ती गर्न नहुने उनको सुझाव छ ।

‘जुन कुरा लोकतन्त्र र आन्तरिक जनवाद दुवैसँग मेल खादैन । पार्टीको दायित्व छनौट चाहनाले मात्र होइन,विधि सम्मत प्रक्रियाले हुन्छ ।’

भण्डारीको सदस्यता नविकरण वा नयाँ लिनुपर्ने अवस्थामा पनि  लहडमा होइन्, केन्द्रीय कमिटीबाट निर्णय गर्नुपर्ने उनले उल्लेख गरेका छन् । ७० वर्षे उमेर हदका बारेमा बोल्दै उनले राजनीतिक अवकास स्वचालित होइन,स्वेच्छाले र  क्षमता क्षमताको विषय भएको उनको भनाइ छ ।

नेता बस्नेतले महाधिवेशनले पास गरेको विधान भन्दा अर्को विधान छापेर पार्टी र नेतालाई जालझेल र षडयन्त्रको आरोप नलगाउन चेतावनी दिएका छन् । उनले विद्या भण्डारीलाई वैकल्पि नेता बनाउने नाममा गुट बनाएर पार्टी कमजोर बनाउने खेल बन्द गर्न आग्रह गरे।
नेता बस्नेतले बैठकमा राखेको विषय यस्तो छ:
नेकपा एमालेकि पोलिटब्युरो बैठकमा राखेको प्रस्ताब :-

समसामयीक बिषयमा:
१. बिध्या कमरेड राष्ट्रपतिसम्मको गरिमा र जिम्मेवारी   लिनु भएको  ब्यक्ति हो ।  सक्रिय पार्टी पंक्तिमा फर्केर त्यो मर्यादा मेट्ने इथिकल र प्रक्रियागत  गल्ति गर्नु हुन्न। जुन कुरा लोकतन्त्र र अन्तरिक जनवाद दुवैसँग मेल खाँदैन। पार्टीको पदिय दायीत्व छनोट चाहनाले मात्र होइन, विधिसम्मत प्रक्रियाले हुन्छ।

२ ️  उहाँको सदस्यता नवीकरण गर्दा पूर्वराष्ट्रपतिको हैसियत के हुन्छ ? नयाँ सदस्यता लिने प्रक्रिया उहाँलाई आवश्यक छ कि छैन यती गम्भिर बिषय लहडमा होइन, केन्द्रीय कमिटीको निर्णयले मात्र गर्नु पर्द्छ।

३.  ७० वर्ष उमेर मापदण्ड हिजो हामीले नै बनाएको हो, बीचमै आवश्यकताले हटायौं अब त्यसको औचित्य देखिएन । अवकाश स्वचालित होइन , क्षमता र स्वेच्छाले हुने बिषय हो, ‘मकुन्द न्यौपाने’ जस्तो पार्टी प्रबेश गर्दा पद लिन हटाउँ भन्ने पद पाए पछि चाहिदैन भन्ने दोधार परिस्थिति नहोस्।

४. २ कार्यकालको सीमा महाधिवेशनले हटाएको हो, अर्को विधान छापेर पार्टी र नेतालाई जालझेल र षड्यन्त्रको आरोप नलगाऔं। क्षमता र योग्यताका आधारमा नेता छान्ने संस्कृति बनाऔं। अब हटाउने प्रस्ताब सचिबालयले ल्याएको छ पास गरौ ।

५ ️ .बिध्या भण्डारीलाई वैकल्पिक नेता बनाउने नाममा गुट बनाएर पार्टी कमजोर बनाउने खेल बन्द गरौं।

६ ️  सचिवालयमा बहुमत छ भनि मिडियाबाजी गरेर … लाई अध्यक्ष बनाउने गरी निर्णय गराउछौ भन्ने । आफू अनुकुल निर्णय नभएपछि अण्ट सण्ट बोल्ने काम बन्द गरौं। सचिवालयको बिधान संसोधन प्रस्ताव ल्याएको छ पोलिटब्युरोले परिमार्जन गरेर सर्वसम्मत पास गरौं।

७. कहिले आफ्नो बरिष्ठ पद ह्टदा टुलु टुलु हेरेर बसे भन्ने र कहिले केपी ओलीलाई औँला ठड्याएर चुनौती दिए भनेर मिडियामा नाम आएका ७० काटेका नेताहरूलाई खुला रूपमा उम्मेदवार बन्न हौसला दिने प्रस्ताब सचिबालय बाट आएको छ,  त्यस्तो आग्रह नराखि उहाँहरुलाई नै प्रतिष्पर्धा गर्ने बाताबरण बनाउने फराकिलो निर्णय गर्ने हिम्मत गर्न के पी ओलीजस्तै बिशाल छाती चाहिन्छ।

८. अहिले प्रचण्ड, शेखर र बिध्या भण्डारी मिलेर सत्ता समीकरण खोज्दै छन् भनेर अ्मरेस सिंहले भन्ने। चीन भ्रमण देखि नारायणकाजी, शेखर कोइरालासँग बिध्या कमरेडको  भेटघाट र ‘सहयोग माग’ बाम एकताको नाममा फेरि एमाले कमजोर पार्ने चालमा कम्युनिस्ट विरोधी तत्व सल्बलिएका छन्, घुस्न दिनु हुन्न। अन्तिम निर्णय हाम्रो पार्टीको संगठन भित्रैबाट मात्रै हुन्छ।

९.  एमालेभित्र नेतृत्वको र पार्टिको पक्षमा उभिदा असक्षम बनाउने र खुइलाउने रोग बडेको छ । जति सुकै असक्षमको ट्याग लागेपनि  परिभाषित काममा आफ्नो क्षमता प्रदशन गरौंला ।हाल अध्यक्षको विकल्प तयार नभएकोले आउँदो कार्यकाल पनि केपी ओलीकै नेतृत्वमा नेकपा एमाले अघि बढ्नुपर्ने प्रस्ताब गर्दछु ।

बिधान सित सम्बन्धित सुझाब ।
१ ️  स्थायी कमिटीको संख्या २५ पुर्याउने।
२ ️  उपत्यका बिशेष कमिटी गठन गर्ने।
३ ️  प्रवासमा युवा, विद्यार्थी, मजदुर र महिला कमिटीहरू विस्तार गर्ने।
४ ️  तीव्र बसाइँसराइ भएका जिल्लामा सक्रिय सम्पर्क कमिटीहरू गठन गर्ने।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।