२०८३ बैशाख १६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode
 BREAKING
भेनेजुएलामा राष्ट्रपतिको जिम्मेवारीबारे सर्वोच्च अदालतको आदेश | एप्पलको ‘फोन पकेट’ ३२ हजार रुपैयाँमा बजारमा | ओलीको पुच्छर बन्यो कांग्रेस : पुनः संसद पुनःस्थापनामा एमालेको लाइनमा | मधेस प्रदेशका मुख्यमन्त्री सोनलले दिए पदबाट राजीनामा | तीन दिनका लागि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक | काठमाडौंसहित देशभर वर्षा, कम्तिमा २० गतेसम्म निरन्तर पानी | देउवाले भने, `राजनीतिक निकास यही संबिधानवाट खोज्न सकिन्छ´ | सिंहदरवार जलाउँदा पनि किन रमिते बन्यो सेना ? | भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन–जी पुस्ताको माइतीघरमा प्रदर्शन | प्रधानमन्त्री पुगे चिनियाँ धान खेतमा (फोटो फिचर) |

बारा, २३ साउन । बारा जिल्लाको फेटा गाउँपालिका- १ भलुहीका प्रहरी जवान मुन्ना ठाकुर गत असार २४ गते रसुवामा आएको बाढीपछि बेपत्ता भएका थिए।

एक महिनासम्म खोजी गर्दा पनि उनको अवस्था अज्ञात नै रहँदा परिवारजन र आफन्तहरूले उनलाई मृत घोषित गर्दै कुशको शव बनाएर आज शुक्रवार दाहसंस्कार गरेका छन्।

प्रहरी जवान ठाकुर रसुवास्थित नेपाल–चीन सीमाको ल्हेन्दे खोला र भोटेकोशी खोलाको संगमस्थलमा ड्युटीमा खटिएका बेला आएको भीषण बाढीमा बेपत्ता भएका थिए।

उक्त बाढीले सीमावर्ती क्षेत्रमा ठूलो क्षति पुर्‍याएको थियो भने केही प्रहरीका संरचनाहरू समेत बगाएको बताइएको छ।

ठाकुरका आफन्तजनले खोजीको प्रयास नरोके पनि एक महिनासम्म कुनै जानकारी नआएपछि हिन्दू परम्पराअनुसार कुशको प्रतीकात्मक शव बनाएर अन्त्येष्टि गरेका हुन्।

परम्पराअनुसार यस्तो अवस्थामा जब शव फेला पर्दैन, तब कुशबाट निर्मित पुत्लालाई शवको रुपमा मानिन्छ र त्यसको अन्त्येष्टि गरिन्छ।

यस घटनाले राज्यको उद्धार प्रणालीप्रति पनि प्रश्न उठाएको छ। प्राकृतिक विपत्तिमा हराउने सुरक्षाकर्मीहरूकै अवस्थाबारे समयमै पुष्टि वा जानकारी दिन नसक्नु गम्भीर चुनौती हो।

मृतक जवान ठाकुरको परिवार अझै पनि छोराको प्रतिक्षामा रहेको तर सामाजिक एवं धार्मिक दायित्व पूर्तिका लागि बाध्य भएर अन्त्येष्टि गर्नुपरेको उनीहरू बताउँछन्।

यो घटना प्राकृतिक विपत्ति पछिको मानवीय संकट को प्रतिनिधि उदाहरण हो।

कुशको शव बनाएर दाहसंस्कार गर्नु केवल धार्मिक प्रक्रिया मात्र होइन, परिवारजनका लागि भावनात्मक पीडाको गहिरो अभिव्यक्ति पनि हो।

सुरक्षाकर्मीहरूको सेवा जोखिममा आधारित हुन्छ, तर सेवा गरिरहेका बेला बेपत्ता हुँदा राज्यको दायित्व अझ गम्भीर रूपमा लिनु आवश्यक छ।

राज्यले पीडित परिवारलाई उचित राहत तथा सम्मानजनक सहायता उपलब्ध गराउनुपर्छ भन्ने आवाजसमेत उठ्न थालेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।