२०८० मंसिर १३ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

बारामा लागुऔषध चरेशसहित पक्राउ परेकी लालसा देवी।

 

 

वीरगन्ज : बारामा लागुऔषध चरेशसहित एक महिला पक्राउ परेकी छन्। बाराको कलैया उपमहानगरपालिका १० स्थित नेपाल भारत सीमा नजिकबाट प्रहरीले चरेशसहित पर्साको पोखरीया नगरपालिका ४ की ४१ वर्षीया लालसा देवी रौनीयारलाइ पक्राउ गरेको हो। उनको साथबाट १४ वटा पोकामा रहेको ७ किलो ५ सय ग्राम तयारी चरेश बरामद भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी दिए। नेपालबाट चरेश लिएर पदैल भारततर्फ जाँदै गरेकी लालसा देवीलाइ प्रहरीले रोकेर खानतलाशी गर्दा कम्मर र दुवै तिघ्रामा लुकाएर राखिएको अवस्थामा १४ पोका चरेश बरामद भएको मिश्रले बताए।

 

चरेशसहित पक्राउ परेकी लालसा देवीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक मिश्रले जानकारी दिए। Source :- aanapurna post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।