२०८१ आश्विन ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode
काठमाडौं : मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओमा शुक्रबार (कात्तिक १२ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार बिहान ९ बजे आइपीओ बाँडफाँट गरिनेछ । आइपीओ बिक्री बन्द हुँदासम्म यसमा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको थियो । जुन सर्वसाधारणबाट माग गरिएको भन्दा ४.१९ गुणा बढी हो । यद्दपि, अन्तिम तथ्यांक भने फरक पर्नसक्छ ।
कम्पनीले असोज २० गतेबाट २५ गतेसम्म कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमध्ये ५% अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४% अथवा ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ८१ लाख ९० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो । Source:- Nepalipaisa

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।