२०८१ आश्विन ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं । आजकल हामीमाझ टिकटक प्रयोग नगर्ने मानिसहरु एकदमै कम छन् । भिडियो क्लिपमा आफ्नो कला प्रस्तुत गरेर सबैमाझ परिचित हुन होस् वा टिकटकमा आउने रमाइला भिडियो सामग्रीहरु हेरेर आफ्नो समय व्यतित गर्न, टिकटक अकाउन्ट हरकोहीले खोल्न थालेका हुन्छन् ।

Vivo Y28

 

युवा पुस्तामाझ लाेकप्रिय बनिरहेकाे टिकटकले नेपालमा पनि धेरैलाई सेलिब्रेटी बनाइदिएको छ । सुरुमा टिकटक मन नपराउनेहरु पनि आजकल यसैमा झुम्मिन थालेका छन् ।तर टिकटकबाट पनि पैसा कमाउन सकिन्छ भन्ने कुरा धेरैलाई थाहा छैन । केही समय पहिले अमेरिकाकी १६ वर्षीया किशोरी चार्ली डी अमेलियोले टिकटकमा पहिलोपटक १० करोड फलाेअर पुर्‍याएर टिकटकको इतिहासमा नयाँ इतिहास रचिन् ।

 

टिकटककी सेन्सेसन चार्ली एक डान्सर हुन् । टिकटक फ्यान फलाेअर बढेसँगै चार्लीले प्रत्येक भिडियोबाट करिब २५ हजार डलर कमाउने गरेको अन्तराष्ट्रिय मिडिया डिस्ट्रयाक्टीफाईमा उल्लेख छ ।

 

फोर्ब्सका अनुसार २०१९ देखि २०२० को अवधिमा चार्ली टिकटकबाट पैसा कमाउने विश्वको दोस्रो टिकटकर थिइन् । सो अवधिमा उनले ४० लाख अमेरिकी डलर कमाउन सफल भएकी थिइन् । सो अवधिमा पहिलो स्थानमा रहेकी एडिसन रेइले ५० लाख अमेरिकी डलर कमाएकी थिइन् ।

 

याे त एक शीर्षस्थ टिकटकरहरुको कमाइको कुरा भयाे । यी बाहेक पनि हामीमाझ कति यस्ता टिकटकर छन्, जसले आफ्नो भिडियो र टिकटकका फ्यान फलाेविङबाट धेरैभन्दा धेरै पैसा कमाइरहेका छन् ।

 

टिकटक जति व्यापक र लोकप्रिय बन्दैछ यसबाट पैसा कमाउन सकिने स्रोत र आधारहरु पनि त्यति नै व्यापक बन्दै गइरहेको छ । आज हामी तपाईंलाई टिकटकका यी स्रोत प्रयोग गरेर पैसा कमाउने केही उपायहरु बताउँदै छौं ।

 

१. फलाेअर बढाउने र बेच्ने

टिकटकबाट पैसा कमाउने पहिलो माध्यम भनेको आफ्नो टिकटक अकाउन्टलाई बढाएर त्यसलाई बेच्नु हो । तर यो सबै किसिमका टिकटकरका लागि सम्भव छैन । आफ्नो अकाउन्ट तिनै टिकटकरले मात्र बेच्न सक्छन्, जसको फ्यान फलाेअर धेरै छन् ।

 

विदेशतिर एक लाख फल्लोअर भएका टिकटक अकाउन्टको मूल्य हजारदेखि दुई हजार डलरसम्ममा बेच्ने गरेकाे पाइन्छ । तपाईंको अकाउन्ट तपाईंको ट्रेड मार्क जस्तै हो । यसमा जति धेरै फलाेअर हुन्छन्, मूल्य त्यति नै धेरै हुन्छ ।

 

अकाउन्ट बेच्ने परम्परा पश्चिमा मुलुकहरुमा धेरै छ । तर नेपालतिर यसको अभ्यास त्यति देख्न पाइन्न । टिकटक अकाउन्ट बेच्नलाई विभिन्न किसिमका प्लेटफर्महरु छन् । जसमा फेम स्वाप डटकम एक हाे ।

 

२. ब्राण्ड स्पोन्सरसिप

टिकटकमा लोकप्रिय र धेरै फ्यान फलाेअर भएका टिकटकरहरुले ब्राण्ड स्पोन्सरसिपबाट पनि पैसा कमाउन सक्छन् । तर यसका लागि ब्राण्डले उनीहरुलाई अप्रोच गर्नुपर्दछ । यदि तपाईंको फल्लोअर्स एक लाखदेखि १० लाखको बीचमा छन् भने तपाईंले ब्राण्ड स्पोन्सरसिप लिएर कमाई गर्न सक्नुहुन्छ ।

 

नेपालमा जुम्ल्याहा जाेडी प्रिश्मा/प्रिन्सी खतिवडा, दीपा/दमन्ता श्रेष्ठ लगायतले बेलाबेला ब्राण्ड मार्केटिङ गरेकाे भिडियाे टिकटकमा राख्ने गरेका छन् ।

 

ब्राण्डबाट अप्रोच गराउनका लागि सबैभन्दा पहिले आफ्नो बायोलाई इडिट गर्नुपर्छ । बायोमा आफ्नो वास्तविक नाम, आफ्नो बारेमा एक लाइन र तलपट्टि बिजनेस इन्क्वाइरी ईमेल भनेर आफ्नो भेरिफाइड आधिकारिक ईमेल अकाउन्ट बनाउनुपर्छ ।

 

यदि कुनै पनि ब्राण्डको पीआर एजेन्सीले तपाईंको प्रोफाइलमा जाँदा प्रोफाइल जेन्युन हो वा हैन भनेर हेर्छ । वास्तविक लागेको खण्डमा तपाईंलाई सम्पर्क गरी ब्राण्ड स्पोन्सरसिप गराउँछ ।

 

ईमेलबाट तपाईंले उसको स्पोन्सरसिपलाई स्वीकार्न सक्नुहुन्छ । तपाईंलाई अफर गरिने शुल्कमा आफ्नो फ्यान फलाेविङलाई आधार मानेर तोलमोल समेत गर्न सक्नुहुन्छ ।

 

३. क्रस प्रोमोटिङ

हरेक टिकटक अकाउन्टको ‘फलाे’ बटन नजिक एउटा बटन हुन्छ, जसमा तपाईंले आफ्नो इन्स्टाग्राम वा युट्युव अकाउन्ट अट्याच गर्न सक्नु हुन्छ । यो फिचरको भरपुर फाइदा उठाउनुहोस् । यसबाट तपाईंको टिकटक फलाेअरहरु युट्युव वा इन्स्टाग्राम अकाउन्टमा आउने छन् ।

 

तपाईं एउटा राम्रो टिकटकर हुनुहुन्छ र तपाईंको फ्यान फलाेविङ जेन्युन छन् भने उनीहरु तपाईंको व्यक्तिगत जीवनको बारेमा समेत रुचि राख्छन् ।

 

यस्तोमा तपाईंले युट्युवमा पर्सनल भ्लगहरु राखेर टिकटर र युट्युव दुवैतिर फ्यान बटुल्न सक्नु हुन्छ । भ्युअरको आधारमा युट्युवबाट पनि तपाईंले पैसा कमाउन सक्नुहुन्छ ।

 

तर आफ्नो टिकटक भिडियोको कम्पाइल गरेर युट्युवमा कहिल्यै पनि नराख्नुहोस् । यस्तो गर्दा तपाईंको युट्युव मोनिटाइज हुँदैन । तपाईंलाई उल्टै कपीराइट क्लेम लाग्न सक्छ ।

 

४. गो लाइभ

टिकटकमा लाइभ जाने एउटा अप्सन पनि हुन्छ । यसबाट अहिले धेरैले आम्दानी गरिरहेका छन् । तर यदि तपाईको अकाउन्टमा एक हजार फलाेअर छैनन् भने तपाईंले लाइभ जाने अप्सन देख्न सक्नुहुन्न ।

 

लाइभ जाँदा कमाउने तरिका युट्युवको सुपर च्याट जस्तै छ । टिकटकमा क्वाइन खरिद गर्ने एउटा अप्सन हुन्छ ।

 

जब तपाईं लाइभमा आउनुहुन्छ, तब तपाईंको फ्यानहरुले टिकटकको क्वाइन खरिद गरी त्यसले कमेन्ट सेक्सनमा रहेको स्टिकर अप्सन खरिद गरेर तपाईंलाई गिफ्टको रुपमा पठाउँछ । ती गिफ्टको पैसा तपाईंले आफ्नो अकाउन्टमा ल्याउन सक्नुहुन्छ ।

 

५. कन्सल्टेसन सर्भिस

यदि तपाईं टिकटकमा प्रो हुनुहुन्छ भने टिकटकमा फ्यान फलाेविङ बढाउने तिकडमहरु तपाईंलाई राम्रोसँग थाहा होला । मानिसहरुलाई टिकटकबाटै विभिन्न किसिमका परामर्श दिएर पनि तपाईंले भ्युअर बढाएर पैसा कमाउन सक्नुहुन्छ ।

 

टिकटकमा पैसा कमाउने सबैभन्दा उत्तम विधि भनेको केही नयाँ गर्नु नै हो । ताकि तपाईंको अकाउन्ट र भिडियो सामग्रीलाई मानिसहरुले मन पराएर फ्यान फलाेअर बढ्न सकोस् । फ्यान फलाेविङ बढेपछि तपाईंले माथिका उपायहरु प्रयोग गरेर पैसा सजिलै कमाउन सक्नुहुन्छ । -Techpana

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।