२०८३ जेष्ठ १ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode
 BREAKING
भेनेजुएलामा राष्ट्रपतिको जिम्मेवारीबारे सर्वोच्च अदालतको आदेश | एप्पलको ‘फोन पकेट’ ३२ हजार रुपैयाँमा बजारमा | ओलीको पुच्छर बन्यो कांग्रेस : पुनः संसद पुनःस्थापनामा एमालेको लाइनमा | मधेस प्रदेशका मुख्यमन्त्री सोनलले दिए पदबाट राजीनामा | तीन दिनका लागि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक | काठमाडौंसहित देशभर वर्षा, कम्तिमा २० गतेसम्म निरन्तर पानी | देउवाले भने, `राजनीतिक निकास यही संबिधानवाट खोज्न सकिन्छ´ | सिंहदरवार जलाउँदा पनि किन रमिते बन्यो सेना ? | भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन–जी पुस्ताको माइतीघरमा प्रदर्शन | प्रधानमन्त्री पुगे चिनियाँ धान खेतमा (फोटो फिचर) |

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्याम विजयी भएको छ । गएराति भएको खेलमा वेस्ट ह्यामले १० खेलाडीमा सीमित एस्टन भिल्लालाई ४–१ गोल अन्तरले पराजित गरेको हो।

खेलको सातौँ मिनेटमा बेन जोनसनले गोल गर्दै वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए। ३४ औँ मिनेटमा ओली वाट्कीन्सले गोल गर्दै एस्टनलाई १–१ गोलको बराबरीमा ल्याए । ३८ औँ मिनेटमा डिक्लन राइसले गोल गर्दै वेस्ट ह्यामलाई २–१ को अग्रता दिलाए । खेलको ५० मिनेटमा इज्री कोन्साले रातो कार्ड पाएपछि एस्टन १० खेलाडीमा समेटियो ।

खेलको ८० औँ मिनेटमा पाब्लो फोर्नल्सले गोल गर्दै वेस्ट ह्यामको अग्रता ३–१ को बनाए । त्यसपछि खेलको ८४ औं मिनेटमा जारोड बोवेनले गोल गर्दै वेस्ट ह्यामलाई ४–१ को जित दिलाए ।

जितसँगै वेस्ट ह्याम लिगको चौथो स्थानमा उक्लिएको छ । वेस्ट ह्यामले १० खेलमा २० अङ्क जोडेको छ ।

यस्तै, गएराति नै भएको  खेलमा  लिड्स युनाइटेड विजयी भएको छ । लिड्सले नर्विच सिटीलाई २–१ गोल अन्तरले  पराजित गरेको हो । -Ujjiyaloo

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।