२०८० मंसिर १३ | dainikmandu@gmail.com | कम्पनि दर्ता नं. २९८३६४/०७९/०८० | Nepali Unicode

वीरगञ्ज, १३ माघ । राष्ट्रिय जनगणना २०७८ अनुसार बाराको १६ स्थानीयतह मध्ये जिल्लाको सबैभन्दा बढी जनसङ्ख्या रहेको कलैया उपमहानगरपालिका भएको छ ।

 

कलैयाको जनसङ्ख्या १ लाख ४१ हजार १ सय ७९ भएको छ । जसमा पुरुष ७२ हजार ५ सय ४० र महिला ६८ हजार ६ सय ३९ छन् । त्यस पछी जितपुरसिमरा र महागढीमाई को जनसङ्ख्या बढी छ ।

 

जितपुरसिमरा उपमहानगरपालिकाको जनसंख्या १ लाख १९ हजार १ सय ४१ र महागढीमाई नगरपालिकाको ५९ हजार ७ सय ४४ रहेको छ ।

त्यस्तै सबैभन्दा कम जनसङ्ख्या प्रसौनीको रहेको छ । प्रसौनी गाउँपालिकाको जनसङ्ख्या २१ हजार ७ सय ४७ रहेको छ । जसमा पुरुष ११ हजार १ सय ४६ र महिला १० हजार ६ सय १ छन ।

 

बारा जिल्लामा कुल जनसङ्ख्या ७ लाख ४३ हजार ९ सय ७५ रहेको छ । जसम पुरुष ३ लाख ८० हजार १ सय ९२ र महिला ३ लाख ६३ हजार ७ सय ८३ यो जनसङ्ख्या ०.७५ प्रतिशतले वृद्धि भएको छ । १० वर्षको अन्तरमा जिल्ला को जनसंख्या ५६ हजार २ सय ६७ ले बढेको छ ।

 

यस भन्दा अघि २०६८ सालमा ६ लाख ८७ हजार ७ सय ८ जनसंख्या रहेको थियो । – YatraDailiy

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।