२०८२ चैत्र २६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode
 BREAKING
भेनेजुएलामा राष्ट्रपतिको जिम्मेवारीबारे सर्वोच्च अदालतको आदेश | एप्पलको ‘फोन पकेट’ ३२ हजार रुपैयाँमा बजारमा | ओलीको पुच्छर बन्यो कांग्रेस : पुनः संसद पुनःस्थापनामा एमालेको लाइनमा | मधेस प्रदेशका मुख्यमन्त्री सोनलले दिए पदबाट राजीनामा | तीन दिनका लागि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक | काठमाडौंसहित देशभर वर्षा, कम्तिमा २० गतेसम्म निरन्तर पानी | देउवाले भने, `राजनीतिक निकास यही संबिधानवाट खोज्न सकिन्छ´ | सिंहदरवार जलाउँदा पनि किन रमिते बन्यो सेना ? | भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन–जी पुस्ताको माइतीघरमा प्रदर्शन | प्रधानमन्त्री पुगे चिनियाँ धान खेतमा (फोटो फिचर) |
काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बलेन शाह विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी सिर्जना सिंहले हार स्वीकार गरे पनि औपचारिक घोषणा हुन बाँकी छ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बलेन शाहको जित सुनिश्चित भएको छ ।

अब २२ हजार ५६४ मत गणना हुन बाँकी रहँदा बालेनको सत्ता गठबन्धन तर्फकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले आफ्नो हार स्विकार गरेकी छन्।

मतगणनाको सुरुवाती चरणदेखि नै अग्रता कायम गरेका शाह धेरै मतान्तरका साथ महानगरपालिकाको मेयर पदमा विजयी हुने पक्का भएको हो। जम्मा गणना भएको १ लाख ६८ हजार ४८७ मतमध्ये मेयरमा बालेनले ५४ हजार ७१८ मत प्राप्त गरेका छन्।

उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिंहले ३४ हजार ६ सय ८ मत प्राप्त गरेकी छन्। बालेन र सिर्जनाबीच २० हजार ११० मतान्तर रहेको छ। भने बालेन र स्थापितबिच २० हजार ७४३ मतान्तर रहेकाे छ।

यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३३ हजार ९७५ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।