२०८३ बैशाख १६ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode
 BREAKING
भेनेजुएलामा राष्ट्रपतिको जिम्मेवारीबारे सर्वोच्च अदालतको आदेश | एप्पलको ‘फोन पकेट’ ३२ हजार रुपैयाँमा बजारमा | ओलीको पुच्छर बन्यो कांग्रेस : पुनः संसद पुनःस्थापनामा एमालेको लाइनमा | मधेस प्रदेशका मुख्यमन्त्री सोनलले दिए पदबाट राजीनामा | तीन दिनका लागि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक | काठमाडौंसहित देशभर वर्षा, कम्तिमा २० गतेसम्म निरन्तर पानी | देउवाले भने, `राजनीतिक निकास यही संबिधानवाट खोज्न सकिन्छ´ | सिंहदरवार जलाउँदा पनि किन रमिते बन्यो सेना ? | भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेन–जी पुस्ताको माइतीघरमा प्रदर्शन | प्रधानमन्त्री पुगे चिनियाँ धान खेतमा (फोटो फिचर) |

वीरगञ्ज, १० जेठ । वीरगञ्ज महानगरपालिकाका नवनिर्वाचित मेयर राजेशमान सिंहले महानगरमा अनियमित तरिकाले गरिएका कामहरुको छानविन गरिने बताएका छन् ।

महानगरमा भएका सम्पूर्ण कामको छानविन गर्दै अनियमितता भएको भेटिएको खण्डमा अख्तियारमा फाइल पठाएर कारवाहीको अगाडि बढाउने सिंहले बताएका हुन् ।

मंगलबार बिहान  मेयरमा निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेपश्चात मतगणनास्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नवनिर्वाचित मेयर सिंहले भने, ‘महानगरमा यसअघिका जनप्रतिनिधिले जति पनि भ्रष्टचा गरेका छन्, ती सबै फाइल अख्तियारमा पठाउँछु, अख्तियारले छानबिन गरेर कारवाही अगाडि बढाउछ ।’

 

त्यस्तै आफूले सपथ लिएको २४ घण्टा भित्र वीरगञ्ज महानगरपालिकाका वासिन्दाले परिवर्तनको आभाष गर्ने सिंहले बताए । ‘जुन दिन मैले शपथ लिन्छु त्यसको २४ घण्टाभित्र जनतालाई परिवर्तनको अनुभुति हुने गरि काम गरेर देखाउँछु । वीरगञ्जवासीले दैनिक भोगिरहेका समस्या सामधान नै मेरो पहिलो र मुख्य प्राथमिकता हुनेछ,’ उनले भने ।

वीरगञ्जको सरसफाई, पानीको उचित निकास गर्दै शहरमा हुने डुबान समस्यालाई समाधान गर्नु पनि आफ्नो पहिलो काममध्ये हुने उनले बताए । त्यसैगरी सिंहले करको दर न्यूनीकरण, सहज र सुलभ स्वास्थ्य सेवा, शिक्षा, रोजगारी लगायतका विषयमा विशेषज्ञ र विज्ञहरुसँग परामार्श गरेर नगरवासीको हितमा निर्णय लिने प्रतिक्रिया दिए  ।

सिंहले पाँच वर्षको आफ्नो कार्यकालमा चुनावी प्रतिबद्धता पत्रमा लेखिएको भन्दा पनि बढी ला, गरेर देखाउने प्रतिबद्धता पनि व्यक्त गरे  ।

पाँच दलीय गठबन्धनबाट जसपाका उम्मेदवार बनेर सिंह ४६ हजार २ सय १५ मत प्राप्त गरि मेयरमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार एंव निवर्तमान मेयर विजय सरावगी भन्दा २२ हजार ५ सय ४४ मत बढि ल्याएर निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।