२०८१ आश्विन ३० | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

 

काठमाडौं : काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी भएकी छन् । महानगरपालिकाको मतगणना नसकिँदै सुनिता उपमेयरमा विजयी भएकी हुन् ।

Vivo Y28
Daraz

 

काठमाडौं महानगरपालिकामा १ लाख ६६ हजार ३ सय १३  मतगणना सम्पन्न हुँदा उपमेयरमा डंगोलले ६० हजार ६७५ मत पाएकी छन् । उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले २० हजार ६८६ मतमात्र पाएका छन् । अब २४ हजार ७७८ मत गणना हुन बाँकी हुँदा सुनिताको मतान्तर ३९ हजार ९८९ रहेको छ ।

 

यस्तै काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रतालाई अझै कायम गरिरहेका छन् ।बालेन्द्र साह जित नजिक रहेका छन् ।

पछिल्लो मत परिणाम अनुसार उनले ५३०५६ मत प्राप्त गरका छन् । उनले अन्य प्रतिस्पर्धीहरु भन्दा लामो अग्रता कायम गरिरहेका हुन् ।

त्यस्तैगरी उनका प्रतिद्वन्द्वी तथा नेकपा एमाले उम्मेदवार केशव स्थापितले ३३ हजार १६६ मत ल्याएर दोस्रो पोजिशन कायम गरेका छन् । यसअघि उनी नेपाली काँग्रेसका मेयरका उम्मेदवार सिर्जना सिंहभन्दा पछि थिए ।
हालसम्म सिर्जना सिंहले ३३१०५ मत प्राप्त गरेकी छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म काठमाडौं महानगरपालिकाको १ लाख ६४ हजार ५६० मत गनिसकिएको हो ।

गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।