२०८१ श्रावण १० | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

बारा । सर्वोच्च अदालतले बिहिवार बाराको निजगढमा प्रस्तावित दोश्रो अन्र्तराष्ट्रिय विमानस्थल नबनाउन आदेश दिदै सरकार को सबै निर्णय बदर गरे संगै बारामा बिरोध का कार्यक्रम सुरु भएको छ ।

बाराको निजगढमा अदालतको निर्णय विरुद्ध राजमार्ग आज अबरुद्ध भएको छ । स्वतन्त्र युवा विद्यार्थि निजगढ सरोकार मञ्चले पुर्व -पश्चिम राजमार्गमा निजगढमा बिहान ८ बजेदेखि पौने घण्टा राजमार्ग अबरुद्ध गरेका हुन । अवरुद्ध मा उत्रिएका स्थानीय ले दोश्रो अन्र्तराष्ट्रिय विमानस्थल वनाउन सर्बोच्च अदालतले गरेको निर्णय गलत भन्दै सच्चाउन माग गरेका थिए ।

बिहीबार मात्रै नेकपा माओवादी केन्द्र निजगढ नगर कमिटीले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको राँके जुलुश सहित विरोध प्रदर्शन गरेको हो । वातावरणीय कारण देखाएर बिहीबार सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ ।

न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले निजगढमा विमानस्थल निर्माण नगर्न आदेश दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।