काठमाडौं । पेट्रोलियम पदार्थमा लगाइँदै आएको कर घटाउने सरकारले निर्णय गरेको छ ।
आज बसेको प्रतिनिधि सभा को बैठकमा बोल्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले कुन शीर्षकमा कति कर घटाउने भन्ने निर्णय हुन भने बाँकी रहेको र यस विषयमा अहिले अर्थ मन्त्रालयमा गृहकार्य भइरहेको जानकारी दिए ।
जेठ १० गतेको मन्त्रिपरिषद्को बैठकले कर घटाउने निर्णय गरेको हो। अहिले सरकारले पेट्रोलमा प्रतिलिटर ६३ रुपैयाँ कर लिँदै आएको छ।
हाल पेट्रोलमा नेपाल सरकारले ६३ हाराहारीमा कर उठाइरहेको छ। त्यसमा भन्सार शुल्क, सडक मर्मतसम्भार शुल्क, प्रदूषण शुल्क, मूल्य स्थिरीकरण कोष शुल्क र भौतिक पूर्वाधार विकास शुल्क समेटिन्छ।