काठमाडौँ ।काठमाडौंमा बिहिवार बाट सुरु भएको कोभिड-१९ विरुद्ध को खोप भोलि सम्म सन्चालन हुने छ ।
महानगरका ३२ वटै वडा कार्यालयका सामुदायिक शहरी स्वास्थ्य क्लिनिक र वडाले तोकेका स्थानमा बिहान १० देखि अपराह्न ४ बजेसम्म मोर्डना र फाइजर खोप खोप दिने व्यवस्था मिलाइएको काठमाडौ महानगरले जनाएको छ ।
महानगरका विभागीय प्रमुख बलराम त्रिपाठी का अनुसार पहिलो र दोस्रो डोज लगाएको तीन महिना पूरा भएका १८ वर्षमाथिका सबैलाई मोर्डना खोप र १२ वर्षदेखि र १७ वर्षसम्मका नागरिकलाई मोर्डना वा फाइजर खोप दिइरहेको बताए ।