काठमाडौं ।भरतपुर महानगरपालिकाकी नगर प्रमुख रेनु दाहाल सवार गाडी दुर्घटना भएको छ । ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज अगाडि दाहाल सवार गाडी पोलमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मेयर दाहाल सामान्य घाइते भएकी छिन् ।
उनको सुमेरु अस्पतालमा उपचार भइरहेको छ । दाहालको टाउकोमा चोट लागेको छ ।