२०८१ आश्विन ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौ । सरकारले गणतन्त्र दिवसको अवसरमा ८ सय ३४ जना कैदीको सजाय मिनाहा गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद् बैठकले उनीहरुलाई जेठ १५ गतेदेखि लागू हुनेगरी गणतन्त्र दिवस २०७९ को अवसरमा माफी मिनाह गरेको हो ।

Vivo Y28

राष्ट्रपति कार्यालयका प्रवक्तासमेत रहेका उपसचिव केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तीमा कानुनी व्यवस्था बमोजिम मिनाहको निर्णय भएको उल्लेख गरिएको छ । राष्ट्रपतिको कार्यालयले विज्ञप्ती मा असल चालचलन भएका खङ्ग श्रेष्ठ लिम्बुसमेतका २ सय ७१ जना र नरबहादुर साँवासमेतका ५ सय ४७ गरी जम्मा ८ सय १८ जना कैदीबन्दीको बाँकी कैद सजाय माफी मिनाह भएको जनाइएको छ ।

नेपालको संविधानको धारा २ सय ७६, फौजदारी कसूर ऐन, २०७४ को कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशसमेतका आधारमा गणतन्त्र दिवसको अवसरमा उनीहरुको कैद माफी मिनाह सरकारले गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।