२०८१ आश्विन ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

काठमाडौं ।पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तार एयरको विमान सम्पर्कविहीन भएपछि त्यसको खोजीका लागि हेलिकोप्टर परिचालन गरिएको छ।९:५५ मा १९ जना यात्रु र ३ जना चालक दलका सदस्य लिएर उडेको विमान १०:०७ देखि सम्पर्कविहीन भएको तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

विमानमा चालक दलका ३ सदस्यका अलावा ४ भारतीयसहित ६ विदेशी र १३ नेपाली यात्रु सवार थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार अन्तिमपटक घोडेपानी क्षेत्रबाट सम्पर्क स्थापित भएको थियो । त्यसयता विमान सम्पर्कविहीन छ ।अहिले मौसम पनि प्रतिकुल रहेको जनाइएको छ । विमान खोजिका लागि सम्पूर्ण प्रयासहरु जारी छ ।

Vivo Y28

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।