काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर फाल्ने क्रममा आज दोस्रो दिन बुधवार पनि स्थानीयले ढुंगामुढा गरेका छन् । ढुंगामुढा पछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।स्थिती नियन्त्रणमा लिन केही राउण्ड अश्रुग्यास प्रहार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिएका छन् ।



