चितवन । चितवनमा जन्ती बोकेको बस दुर्घटना भएको छ ।
जिल्ला को रत्ननगर नगरपालिका वडा नम्बर २ मा रहेको हरिहर मन्दिरबाट जन्ती लिएर खैरहनी जाँदै गरेको ना ५ ख ६४३ नम्बर को बस दुर्घटना भएको हो ।
उक्त बस अनियन्त्रित भइ पल्टिदा बसमा सवार चालकसहित २६ जना मध्ये १३ जना घाइते भएको प्रहरी ले जनाएको छ । घाइते लाई भरतपुर र स्थानीय स्वास्थ्य चौकी मा पठाइएको प्रहरी ले जनाएको छ ।