२०८१ आश्विन ४ | dainikmandu@gmail.com | सुचना तथा प्रशारण विभाग दर्ता नम्बर : ४५८३/२०८०/८१ | Nepali Unicode

चितवन । चितवनमा ट्याङ्कीमा खसेर दुई जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १९ तमु टोलमा बुधबार साँझ सेफ्टी ट्याङ्कीमा खसेर दुई जनाको मृत्यु भएको हो ।

स्थानीय रामप्यारी गुरुङको घरमा सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

Vivo Y28

मृत्यु हुनेमा कपिलवस्तुको शिवराज नगरपालिका–९ घर भएका २४ वर्षीय छतिराम चौधरी र २३ वर्षीय रामु भनेर चिनिने डाक्टर चौधरी रहेका छन् ।

सफाइ गर्ने क्रममा छतिराम चिप्लिएर ट्याङ्कीमा खसेपछि उद्धार गर्न ट्याङ्की भित्र पसेका उनका भिनाजु नाता पर्ने डाक्टर चौधरीको पनि ट्याङ्कीमा पसेर मृत्यु भएको प्रहरी ले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

हाम्रो बारेमाः

यस Dainik Mandu media Pvt. Ltd. द्वारा संचालित दैनिक माण्डु काठमाडौं बाट संचालित छ । प्रविधिले फड्को मारेसँगै संचार क्षेत्र समेत परिष्कृत हुँदै गएको छ । अहिलेको परिवेशमा विधुतीय संचारमाध्यमको आकर्षण बढ्दो छ । अनलाईन पत्रिकाहरुको संख्या समेत बढ्दो छ । तर गुणस्तरीयता, फरकपना, निरन्तरता, पाठकको चाहना अनुसारको सामाग्री भने मुलभुत पक्ष हुन् । खोजमूलक समाचार तथा लेख र टिप्पणीमार्फत हामी निरन्तर खबरदारी गरिरहन्छौं । पत्रकारितालाई खोजमूलक ढंगले प्रस्तुत गर्नु दैनिक माण्डु टिमको प्रमुख उद्देश्य हो ।