काठमाडौं ।काठमाडौंको सिनामंगलमा एक जनाको शव भेटिएको छ । आज बिहान सिनामंगलस्थित बिष्णु मन्दिरको परिसरमा एक जना पुरुषको शव भेटिएको प्रहरी ले जनाएको छ ।
ओखलढुंगाका अन्दाजी ४० वर्षीय विशाल कामी बेवारिसे अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ भने प्रहरीले यस विषयमा थप अनुसन्धान गरिरहेको छ ।