काठमाडौं । पोखरीमा डुबेर महोत्तरीमा एक बालिकाको मृत्यु भएको छ । महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर ३ खैरा गाउँमा बुधबार साँझ पोखरीमा बालिकाको मृत्यु भएको प्रहरी ले जनाएको छ ।
मृत्यु हुनेमा ६ वर्षीया आँचल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए । बालिकाको शव परीक्षणका लागि गए राति प्रादेशिक अस्पताल जलेश्वर लगिएको प्रहरीले जनाएको छ ।